काठमाडौँ । बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिग नरहेको जानकारी गराएका छन् ।
लामिछानेलाई म्याद थपका लागि प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । म्याद थपपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले प्रहरी हिरासतमा रहेका लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेको बताए । लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको बताएको घिमिरेले बताए ।
अदालतमा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपका अर्का कानुन व्यवसायी सुधा रिजालले जाहेरीवालाको दुई वटा जन्म दर्ता भेटिएको दाबी गरेकी छन् । उनका अनुसार जाहेरीवाला नाबालिग होइनन् ।