असोज ३१ सम्म उम्मेदवारी निष्क्रिय बनाए कांग्रेसले बागीको कारबाही फुकुवा गर्ने



काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी तथा गठबन्धनको साझा उम्मेदवार विरुद्ध दिएको बागी उम्मेदवारी असोज ३१ गते सम्म निस्क्रिय बनाए कारबाही फुकुवा गर्ने जनाएको छ ।

कांग्रेसले बुधवार मात्रै फिर्ता नलिएका बागी उम्मेदवारहरु र तथा उनका प्रस्तावक र सर्मथकलाई ५ वर्षका लागि पार्टीबाट साधारण सदस्यता समेत नरहनेगरी कारबाही गरिएको थियो ।


बिहीबार कांग्रेसले विज्ञप्ति जारी गरी असोज ३१ गतेसम्म बागी उम्मेदवारहरु आ आफनो उम्मेदवारीहरु निस्क्रिय पारेर औपचारिक उम्मेदवारलाई सघाएमा पार्टीले गरेको कारबाही फुकुवा गर्ने जनाएको छ।