असोज २० गते नेपाल आइपुग्छु : सन्दीप लामिछाने



काठमाडौँ । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेले असोज २० गते नेपाल आउने बताएका छन् ।

लामिछानेले सामाजिक संजालमार्फत आफू असोज २० गते (अक्टोबर ६) मा नेपाल आइपुग्ने बताएका हुन् । उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । 


‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ट, द्दण्द्दद्द मा मेरो गृह देश नेपाल आइपुगेको छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु । म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहोर्‍याउँछु । सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु’, उनले लेखेका छन्, ‘मेरा प्रिय शुभचिन्तकहरू म निर्दोष छु र मैले तपाईलाई कुनै गल्ती गरेको छैन भनी सबैलाई आश्वासन दिन्छु। मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्नको लागि यो परीक्षाबाट गुज्रन तयार छु । म माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा उजागर हुनेमा म विश्वस्त छु ।’