अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी



काठमाडौँ । नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ । लक्ष्मीपूजाको दिनमा राती ९ बजे कार्कीको घरबाट चोरी भएको हो।

ललितपुर प्रहरीले दिएको जानकारी अनुसार ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुन चोरी भएको छ ।


ललितपुर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।