अफगान महिला विद्यार्थीहरुको -याली



एक सयभन्दा बढी अफगान महिला विद्यार्थीले आइतवार पश्चिमी शहर हेरातमा ¥याली निकालेका छन् । परीक्षाको तयारीमा भइरहेको एक कक्षाकोठामा आत्मघाती बम विष्फोटको विरोध गर्दै सो ¥याली निकालेका थिए ।

सयौँ विद्यार्थीले विश्वविद्यालय भर्नाको लागि परीक्षा प्रशिक्षण लिइरहेका अवस्था भएको सो विस्फोटमा परी ३५ जना मारिनुका र अन्य ८२ जना घाइते भएका थिए । आइतवार, एक सयभन्दा बढी महिला – धेरैजसो हजारा मुसलमान समूदायका व्यक्तिले हेरात आक्रमणको विरुद्धमा जुलुस निकालेका थिए । यो आक्रमण हालैका वर्षमा अल्पसंख्यकमाथि हमला सबैभन्दा घातकमध्ये एक भएको बताइएको छ ।


“शिक्षा हाम्रो अधिकार हो, नरसङ्हार अपराध हो,” भन्दै नारा लगाएका प्रदर्शनकारीले हेरात विश्वविद्यालयबाट प्रान्तीय गभर्नरसम्म ¥याली गरेका थिए । महिला अधिकारको विरोधमा तालिबान सत्तामा फर्किएदेखि अधिकारीसँग तनावपूर्ण अवरोध देखिएका छन्, प्रदर्शनकारीहरुलाई हिरासतमा राखिएको छ र हवाई फायरिङद्वारा ¥याली तोडिएको छ । तालिबानद्वारा महिलामाथि लगाइएको प्रतिबन्ध विरुद्धमा काबुलमा, धेरै महिला कार्यकर्ताले अझै पनि छिटपुट विरोध प्रदर्शन गर्ने प्रयास गरेका छन् ।