सुनसरीका प्रहरी प्रमुखद्वारा कैदीबन्दीलाई टिका



इनरुवा । बडा दसैँको अवसरमा सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले कैदीबन्दीलाई टिका लगाइदिएका छन् । डिएसपी राईले आज एक कार्यक्रमको आयोजना गरी २४ कैदीबन्दीलाई दसैँको टिका र जमरा लगाइदिएका हुन् ।

विभिन्न मुद्दाअन्तर्गत थुनामा रहेका कैदीबन्दीलाई दसैँको आभास दिलाउन उनले टिका र जमरा लगाइदिएका हुन् । “दसैँमा कसैलाई खल्लो महसुस नहोस भनेर कैदीबन्दीलाई टिका र जमरा लगाइदिएको हुँ”, उनले भने ।