सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट



काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् । राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन् ।

भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए । उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेकाे सभामुखको सचिवालयले जनाएको छ ।


सो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा सङ्घीय संसद्बाट भएको सहयोगका लागि आभार व्यक्त गरे ।