ललितपुर-३ की उम्मेदवार कार्की आयोग्य ठहर



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै निर्वाचन आयोगको शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।

कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् । आयोगले अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरेपछि डा. कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।


डा. कार्कीको पद लाभको हो कि होइन भनेर आयोगले उनलाई र मेडिकल काउन्सिललाई स्पष्टीकरण सोधेको थियो । त्यसपछि उनको स्पष्टीकरण कागजागतसहित निर्वाचन आयोगमा कारबाहीका लागि पठाइएको थियो ।