बैतडीका तीन अवरुद्ध राजमार्ग सञ्चालन



बैतडी । वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएका बैतडीका तीन राजमार्ग सञालन भएका छन् । बिहान सडक माथिबाट खसेको पहिराले महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध बनेका थिए ।

महाकाली राजमार्गको धरमघर, मानाकोट, दशरथचन्द राजमार्गको गोठलापानी नजिक र जयपृथ्वी राजमार्गको ढोल्यामोड नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएका हुन् । सबै ठाउँको पहिरो जेसिबीले पन्छाएपछि दिउँसोदेखि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।


राजमार्ग खुलेसँगै लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् । बीचबाटोमै अलपत्र परेका यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।