धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसहित पाँच जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उनीहरुलाई पार्टीबाट निष्काशन गरिएकाे हो ।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई साधारण सदस्यसमेत नहरनेगरी पार्टीबाट निष्काशन गरिएको हो ।
प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्ब्र १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा(२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।