प्रधानमन्त्रीका प्रतिस्पर्धी सागर ढकालले पाए निर्वाचन चिन्ह ‘सिरिञ्ज’



काठमाडौँ । डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार दिएका सागर ढकालले निर्वाचन चिन्ह ‘सिरिञ्ज’ पाएका छन् । बुधबार निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ चिन्ह पाएका हुन् ।

डडेल्धुराबाट नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार छन् । डडेल्धुराबाट एमाले उम्मेदवार चक्रप्रसाद स्नेही, राप्रपा नेपालका कालीप्रसाद जोशी र स्वतन्त्र उम्मेदवार दानबहादुर पालले उम्मेदवारी फिर्ता लिएका छन् ।