विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेको बताएका छन् । सोमबार मोरङको हरैंचामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कार्यकर्तालाई विवाद नगर्न सुझाव दिएका हुन् ।
उनले भने,‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरु सबैले त्याग्नुस् । तुष मैले त त्यागीसकें ।’ उनले १४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको बताए ।
उनले भने,‘जब शेरबहादुर देउवाजी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ? शेरबहादुर देउवा र म एकै ठाउँमा उभिएका छौं । पटक–पटक शेरबहादुर जीसँग मैले भेटिरहेको छु । मेरा कुरा सुनिरहनु भएको छ । मेरो कुरा मानिरहनुभएको छ । तर, तपाईंहरु तल किन लडिरहनुभएको छ । मैले बुझिरहेको छैन ।’