दीपक मनाङ्गे निर्विरोध निर्वाचित



मनाङ । सङ्घीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् ।

मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ता लिएपछि मनाङ्गे निर्विरोध निर्वाचित भएका हुन् ।


मनाङ्गेलाई आजै निर्विरोध निर्वाचित भएको घोषणा गरिने मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए । मनाङ्गे विसंं २०७४ मा पनि स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य भएका थिए । गुरुङ हाल गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री हुन् ।