काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रमा सुकुम्बासी बस्तीनजिकैका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।
महानगरले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुलसम्मको क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।
सो क्षेत्रमा निर्माण भएको किरियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवनलगायत संरचनाहरु अनधिकृत भएकाले हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।
महानगरले बिहीबार थापाथलीको सडकमा राख्ने गरिएका ठेलागाडा पनि हटाएको थियो। कुनै विकल्प नदिई ठेलागाडा हटाएको भन्दै महानगरको चर्को विरोध भइरहेको छ।