थप १७ सय ८७ जनामा डेंगु संक्रमण, दुई जनाको मृत्यु 



काठमाडौँ । पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ७८७ जनामा डेंगु संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा संक्रमण पुष्टि भएकाे छ । 

यस्तै सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ ।


 डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।