डिलाशैनीमा पहिलोपटक बिजुली, तिहार भयो झिलीमिली



बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि वडा नं ७ मा रहेको गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको हो ।

उज्यालो डिलाशैनी अभियानअन्तर्गत पहिलोपटक गाउँपालिका केन्द्रमा बिजुली पु¥याएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । चुनावका बेला उज्यालो डिलाशैनी बनाउँछौँ भन्ने बाचा रहेकाले सोही बाचाअनुसार विद्युतीकरणलाई प्राथमिकतामा राखेको जोशीको भनाइ छ ।


धामीगाउँमा रहेको पालिकाको केन्द्रमा बत्ती बालिएको छ । पालिकाका अन्य ठाउँमा पनि लाइन विस्तारको काम तीव्रताका साथ अगाडि बढाएका छौँ । लामो समयदेखि अन्धकारमा रहेका बस्तीमा तिहारकै बेला बिजुली बलेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । पहिलोपटक बिजुली पुग्दा निकै खुसी लागेको र तिहार झिलीमिली भएको स्थानीयवासी हरिश धामीले बताए ।