चितवन–३ मा एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्ने



चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । क्षेत्र नम्बर ३ मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गर्ने निर्णय भएको हो ।

चितवनका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिएको जनाएको छ । चितवन–३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् भने राप्रपाबाट विक्रम पाण्डेको उम्मेदवारी रहेको छ ।