काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।