एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार (नामावलीसहित)



काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) ले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंग्याएको छ । सत्तागठन्धनबाट १९ सिट प्राप्त गरेसँगै नेकपा एसले उम्मेदवारहरूको टुंगो लगाएको हो ।

कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध नेकपा एसले आफ्नो भागबन्डामा परेको सबै १९ सिटमा उम्मेदवारी टुंग्याएर सार्वजनिक गरेको हो ।


निवर्तमान प्रतिनिधिसभामा प्रत्यक्ष जित्ने सबैले टिकट पाएका छन् । सचिव रामकुमारी झाक्री गुल्मी- २ बाट उठ्ने भएकी छन् । तनहुँ- २ बाट जितेका किसान श्रेष्ठ बारा- ४ मा उम्मेदवार हुने भएका छन् भने बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ- १ बाट प्रतिनिधिसभामा उठ्ने भएका छन् । अन्तिम समया कुनै हेरफेर नभए यहीअनुसार उम्मेदवारी हुनेछ ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १९ जना उम्मेदवार:

१. इलाम क्षेत्र नं. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र नं. २ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र नं. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र नं. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र नं. –८ जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र नं. –२  कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र नं. –१  राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र नं.–२  विरोध खतिवडा
९. कास्की क्षेत्र नं. २ –श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र नं.२ –रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र नं. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र नं. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र नं. १ – मेटमणि चौधरी
१४. सल्यान– प्रकाश बुढाथोकी (ज्वालां)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र नं. १-अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र नं. १– शेरबहादुर कुँवर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी –  प्रेमबहादुर आले