ईयूद्वारा इरानकाे ‘नैतिकता’ प्रहरीमाथि प्रतिबन्ध



युरोपेली संघ (ईयू) ले महसा अमिनी र अन्य सुरक्षा फौजलाई हिरासतमा लिएर भएको घातक कुटपिटका लागि इरानको ‘नैतिकता’ प्रहरीमाथि सोमबार प्रतिबन्ध लगाएको छ । इन्टरनेट नियन्त्रण र रिभोलुसनरी गार्ड्सको साइबर डिभिजनको रेखदेख गर्ने इरानी मन्त्रीमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

समूहको आधिकारिक प्रशासनिक राजपत्रमा प्रकाशित प्रतिबन्धसूचीमा तथाकथित नैतिकता प्रहरी, रिभोल्युसनरी गार्डको बासिज अर्धसैनिक बल, राष्ट्रिय प्रहरीको वर्दीधारी शाखा र ती बलका शाखा प्रमुखहरूलाई पनि कालोसूचीमा राखिएको छ । इरानले उक्त प्रतिबन्धको ‘तत्काल’ जवाफ दिने जनाएको छ ।


प्रतिबन्ध लगाउने घोषणा गरिएका ती चार संस्थाका ११ व्यक्ति र सदस्यहरू ईयू भिसा प्रतिबन्ध र सम्पत्ति रोक्काको अधीनमा छन् । जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले ‘नैतिकता’ प्रहरीबारे कालोसूचीमा पर्नुअघि भनेका थिए, “यो एउटा यस्तो शब्द हो, जुन त्यहाँ भइरहेका अपराधहरू हेर्दा वास्तवमै उपयुक्त हुँदैन ।”

इरानले इरानी राजनीतिक बन्दीका साथै दोहोरो नागरिक र विदेशीहरूलाई राखेको तेहरानको कुख्यात इभिन जेलमा भएको भीषण आगलागीको घटना र अन्य घटनाक्रमअघि यो सूची तयार पारिएको थियो । गलत तरिकाल इस्लामिक हिजाब लगाउने महिलालाई पक्राउ गर्ने नैतिकता प्रहरीले हिरासतमा लिएकी २२ वर्षीया अमिनीको एक महिनाअघि भएको मृत्युपछि भएको प्रदर्शनमाथि इरानी शासनले गरेको रक्तपातपूर्ण दमनप्रति इयू चिन्तित भएको छ ।

मुल्लाह नेतृत्वको शासन अन्त्यको माग गर्दै प्रदर्शनमा सहभागी भएका प्रदर्शनहरू सरकारविरोधी सडकमा प्रदर्शनमा परिणत भएका छन् । अमिनीको मृत्युका लागि ‘नैतिकता’ प्रहरी र तेहरान र राष्ट्रिय प्रमुख जिम्मेवार रहेको प्रतिबन्धको सूचीमा उल्लेख छ ।

“भरपर्दो रिपोर्ट र प्रत्यक्षदर्शीका अनुसार हिरासतमा उनलाई निर्ममतापूर्वक कुटपिट र दुव्र्यवहार गरिएको थियो, जसका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो र १६ सेप्टेम्बर २०२२ मा उनको मृत्यु भएको थियो,” विज्ञप्तिमा भनिएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री इसा जारेपोरलाई इरानमा इन्टरनेट अवरूद्ध गरेकोमा जिम्मेवार ठह¥याइएको छ, जसले इरानीहरूको सूचनामा पहुँच र विचारको स्वतन्त्रतालाई कुण्ठित गरेको छ ।