इटहरीका पूर्व मेयर चौधरी माओवादी प्रवेश



काठमाडाैँ । इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।

स्रोतका अनुसार प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि चौधरी माओवादी प्रवेश गरेका हुन् ।


नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका चौधरी सुनसरी क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्यका लागि टिकटको दाबेदार छन् । थारु बाहुल्य क्षेत्र रहेकाले उनलाई टिकट दिन माओवादी केन्द्र तयार भइसकेको छ ।