अमेरिकी राजदूत थम्प्सनद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश



काठमाडौँ । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राजदूत थम्प्सनले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।


प्रमाणपत्र पेश गरेपछि राजदूत धम्प्सनले भने,’नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो । अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु ।’