हङ्गेरीका प्रधानमन्त्री भिक्टर गोर्बाचेभको अन्त्येष्टिमा भाग लिदै



हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले दिवङ्गत सोभियत नेता मिखाइल गोर्बाचेभको विदाइ समारोहमा भाग लिन मस्को जाँदै हुनुहुन्छ । उहाँको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्ने कुनै योजना नभएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार स्पुतनिकलाई बताएका छन्।

“उहाँ गोर्भाचेभलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न मात्र उडान गर्दै हुनुहुन्छ । अरु कुनै औपचारिक बैठक भने तय नभएको,“ पेस्कोभले बताएका छन् । राष्ट्रपति पुटिनले विहीबार दिवङ्गत सोभियत नेताप्रति अन्तिम विदाइ गरेका थिए । कार्य व्यस्तताका कारण उनी शनिबार हुने विदाइ कार्यक्रममा सहभागी नहुने बताइएको छ ।


नेता गोर्बाचेभको मङ्गलबार ९१ वर्षको उमेरमा निधन भएको थियो । उहाँको शनिबार सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रमपछि मस्कोको नोभोडेभिची समाधिस्थलमा अन्त्येष्टि गरिने छ ।