स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा झडप हुँदा गुटेमालामा नौको मृत्यु, २० घाईते



स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा भएको झडपमा परी गुटेमालामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा परी अरु २० जना घाइते भएका स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । बिहीबार बिहान स्वतन्त्रता दिवसका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको अन्त्य तिर झडप भएको थियो ।

देशको पश्चिमी क्षेत्रमा रहेको क्वेटजाल्तेनान्गोमा घटना भएको घटनास्थलमा पुगेका स्थानीय रेडक्रमकर्मीहरुले जानकारी दिएका छन् । रेडक्रसकर्मीहरुले सामाजिक सञ्जालमा लेखे अनुसार घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


घटनाका बारेमा स्थानीय प्रहरीले अनुसन्धान सुरु गरिसकेको र शङ्कास्पद केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाइएको छ । गुटेमालामा हरेक बर्षको सेप्टेम्बर १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । स्पेनको नियन्त्रणबाट मुक्त भएको सम्झनामा गुटेमालामा स्वतन्त्रता दिवस मनाउने गरिएको हो ।