सभामुख र उपसभामुखविरुद्धको रिटमा कारण देखाउ आदेश



काठमाडौँ । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दैै दायर रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले संघीय संसद सचिवालयसहितका विपक्षीसँग जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।


सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै अधिवक्ता किशोर पौडेललगायतले रिट दायर गरेका थिए ।