श्रीलङ्का सरकारले पाकिस्तानलाई चिया सहयोग गर्नेभएको छ । हालैका हप्ताहरूमा आएको विनाशकारी बाढीपछि पाकिस्तानका बाढीपीडितहरूलाई एक जहाज सिलोन चिया सहयोगस्वरूप प्रदान गरेको श्रीलङ्काको सरकारी सूचना विभागले बुधबार जनाएको छ ।
विदेशमन्त्री अली साबरीले श्रीलङ्काका लागि पाकिस्तानी उच्चायुक्त उमर फारुक बुर्कीलाई चिया हस्तान्तरण गर्दै बाढी पीडितप्रति सहानुभूति र पाकिस्तानप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए । यसै साताको सुरुमा श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले आफ्नो देशले पाकिस्तानलाई कुनै न कुनै रूपमा सहयोग गर्न इच्छुक रहेको बताएका थिए ।