‘श्रीमान र श्रीमती दुवैजना उम्मेदवार हुने व्यवस्था खारेज गर्नुपर्छ’- सांसद लामा



काठमाडौं । नेपाली काँग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउन माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद लामाले श्रीमान र श्रीमती दुवैजना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गरे ।


उनले नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ ? भनि सरकारलाई प्रश्न गरे । उनले भने,‘म अहिलेको सरकारलाई पनि सोध्न चाहन्छु, लिपुलेक हाम्रो जमिन हो । त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ ? म सोध्न चाहन्छु । श्रीमान प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिकमा, श्रीमान समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनुपर्छ । किनभने श्रीमान श्रीमती दुवै सांसद हुँदा अरु हरेक पार्टीका कार्यकर्ताहरुले टिकट नपाउने र त्याग तपस्यालाई सधै समस्या परिरहने । निर्वाचन आयोगले नियमावली संशोधन गरेर अब श्रीमान र श्रीमती दुईटै उम्मेदवार भए खारेज गर्ने नियम बनाउनुपर्छ ।’