शेखरको प्रश्नः कांग्रेसलाई ७०/८० सिट जित्न किन चाहियो गठबन्धन ?



विराटनगर  । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक सय सिट भन्दा कमका लागि कांग्रेसले कसैसँग गठबन्धन गर्न नपर्ने बताएका छन् । आइतबार मोरङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सय सिटभन्दा तल लिए पार्टीमा विद्रोह हुने चेतावनी दिएका हुन् ।

उनले भने, ‘गठबन्धनबाट चुनावमा जाने पार्टीको निर्णय भएपछि हामीले सय सिटभन्दा कममा उम्मेदवारी दिन मिल्दैन। हाम्रो सभापतिजी सहितका नेताहरू सिट बाँडफाँटको काममा जुटिराख्नभएको छ। हामीलाई ७०/८० सिट जित्न गठबन्धन आवश्यक छैन।’


उनले एकल बहुमतसहित आफ्नो पार्टी नेतृत्वको सरकार गठन गर्ने पार्टीको केन्द्रीय समितिको निर्णय भएकाले सिट बाँडफाँटमा समेत हुनुपर्ने बताए । उनले कांग्रेस एक्लैले जितेका प्रतिनिधिसभा र प्रदेशसभामा छाड्न नसक्ने प्रष्ट पारे । त्यसबारे आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भनिसकेको सुनाए। आफूहरूको भनाइलाई बेवास्ता गरेर सभापतिले निर्णय गरे पार्टीमा विद्रोह हुनसक्ने उनको भनाइ छ।