लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार



कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ ।

अस्ट्रेलियाली विश्वविदालयका अनुसन्धाताहरूले तीन हजार ५०० भन्दा बढी अष्ट्रेलियालीमा गरिएको कोभिड–१९ प्रभाव अनुगमन सर्भेक्षणमा सन् २०२१ को तुलनामा मनोवैज्ञानिक त्रासको स्तर कम देखिएको बताएका छन् ।


अध्ययनमा सहभागिता गराइएका १८ देखि २४ वर्ष उमेर समूहका दुई तिहाइभन्दा बढी उत्तरदाताले महामारीका कारण सबैभन्दा बढी सन्तुष्टि गुमाएका उनीहरूले १२ महिनाअघिको तुलनामा आफ्नो जीवन राम्रो भएको बताएका थिए ।

अध्ययनका सहलेखक निकोलस बिडलले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसको अर्थ यो होइन कि अस्ट्रेलिया महामारीपूर्वको स्वास्थ्य र मानसिक स्वास्थ्यमा फर्किएको छ ।’

अक्टोबर २०१९ को तुलनामा सन् २०२२ को अगष्टमा जीवन सन्तुष्टि कम थियो । दुई करोड ५० लाख रहेको अस्ट्रेलियामा महामारी सुरु भएयता अहिलेसम्म पुष्टि भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ ।

बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई खोजी, उद्धार तथा राहतका लागि प्राधिकरणका अधिकारीहरु, स्वयमसेवकहरु, गैरसरकारी संघ संस्थाका पदाधिकारीलगायत अहिले पनि खटिएका छन् । बढी पहिरोबाट प्रभावित भएकाहरुको सङ्ख्या दैनिक रुपमा बढ्दै गइरहेको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।