राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद–२०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र आज प्रदान गरिएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले शीतल निवासमा निमन्त्रणापत्र प्रदान गरेका हुन् । सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टङ्कलाल घिसिङ र सदस्य दीपेन्द्र विष्ट उपस्थित थिए ।


पोखरा रङ्गशालामा असोज २८ गते हुने नवौँ राष्ट्रिय खेलकुदको राष्ट्रपति भण्डारीबाट समुद्घाटन हुने कार्यक्रमअनुसार निमन्त्रणा गरिएको हो । त्यसअवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुदका विषयमा हालसम्म भएका कार्य प्रगतिका बारेमा पनि जानकारी गराइएको थियो ।