राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त राजदूतद्वारा शपथग्रहण



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

उनले आज राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहमा म्यानमारका राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका राजदूत डिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ गराएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु उपस्थिति थिए ।