यस्तो छ एमालेको ८ बुँदे फरक मत (पूर्णपाठ)



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन महाअभियोग सिफारिस समितिले सिफारिस गरेको छ ।

११ सदस्यीय समितिमा सत्ता गठबन्धनका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन् । समितिमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन्। नेकपा एमालेले प्रतिवेदनमाथि ८ बुँदे फरकमत राखेको छ ।


समितिको सदस्य रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले सिफारिस समितिको प्रतिवेदनलाई गठबन्धनको पुलिन्दा भन्दै प्रतिवेदन मान्न नसकिने बताएका छन् । उनले जबराविरुद्ध छानबिन नै नसकिएकाले निर्णयमा पुग्ने आधार नभएको बताए ।