काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजुको माछापोखरी क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । गुणस्तर विभाग कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रका अवैध संरचना भत्काइएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरामा डोजर चलाइएको हो । बालाजुस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसापासमा बनेका अवैध संरचना भत्काउन थालिएको हो । भदौ ६ गतेदेखि सञ्चालित अवैध संरचना हटाउने महानगरको अभियान जारी छ ।