माओवादी केन्द्र धनकुटाका नेताहरुले दिए सामूहिक राजीनामा



काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्रले प्रतिनिधिसभाको उम्मेदवार पाउनुपर्ने दावी गर्दै आएका उनीहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

केन्द्रमा आबद्ध सबै पोलिट ब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जन वर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।


बैठकले आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने जनाधार भएका हेमराज भण्डारीलाई स्वतन्त्र उम्मेदवारको रुपमा समर्थन गर्ने पनि निर्णय गरेको छ । उनी माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य पनि थिए ।