महिला साफ : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा



काठमाडाैँ । नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । 

यो जितपछि नेपालको दुई खेलबाट अधिकतम ६ अंक भएको छ । यसै समूहबाट भुटान समूह उप-विजेताका रूपमा अन्तिम चारमा पुग्यो । भुटान सेमिफाइनल पुगेको यो पहिलो अवसर हो ।


लगातार दुई हारपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । नेपालका लागि रश्मिकुमारी घिसिङ, सरु लिम्बू, अमृता जैसी र दीपा शाहीले एक/ एक गोल गरे । यस्तै अमिशा कार्कीले दुई गोल गरिन् ।

नेपाल आजको खेलमा जित निकाल्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब सेमिफाइनल प्रतिद्वन्द्वीका लागि बंगलादेश र भारतबीचको खेलको नतिजा पर्खनु पर्ने हुन्छ ।