मधेस प्रदेशका सभामुख यादवलाई पितृशोक



जनकपुरधाम । मधेस प्रदेशसभाका सभामुख सरोजकुमार यादवलाई पितृशोक परेको छ । सभामुख यादवका पिता परमानन्दप्रसाद यादवको ७७ वर्षको उमेरमा आज निधन भएको हो ।

लामो समयमदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित बाराको सिम्रौनगढ नगरपालिका–३ निवासी यादवको उपचारको क्रममा निधन भएको परिवारजनले जनाएको छ । उनको आजै गृहनगरमा अन्तिम संस्कार गरिने परिवारजनको भनाइ छ ।


यसैबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले उनकाे निधनप्रति शोक व्यक्त गरेका छन् । मुख्यमन्त्री राउतले आज शोक वक्तव्य जारी गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मधेस प्रदेशसभा सचिवालयले पनि यादवको निधनप्रति शोक व्यक्त गरेको छ ।