म निर्दोष छु, आरोपको सामना गर्न नेपाल फर्किदैछुः सन्दीप लामिछाने



काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । सन्दीपले शुक्रबार बिहान सामाजिक संजालमार्फत आफू निर्दोष रहेको र आधारहीन आरोपको सामना गर्न नेपाल फर्किने बताएका छन् ।

सन्दीपले नेपालको कानुनलाई मान्ने उल्लेख गर्दै कानुनले सबैलाई समान रुपले हेर्ने आशा पनि व्यक्त गरेका छन् । गत मंगलबार उनीविरुद्ध प्रहरी बृत्त गौशालामा एक किशोरीले आफूलाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी दिएकी थिइन्। सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेको छ ।