भारतमा कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने



भारत सरकारले सडक यातायातका क्रममा कार तथा सबै सवारी साधनहरुमा सिट बेल्ट लाउनु अनवार्य गरिएको जनाएको छ । कारको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लाउनु अनिवार्य भएको नियम यहाँको केन्द्रीय सरकारले जनाएको छ ।

यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलाएको पाइएमा उनीहरुलाई कडा कारबाही गरिने नियम पनि सरकारले ल्याएको जनाइएको छ । भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले यो नियम कडा रुपमा लागू गरिने बताए ।


उनले भने,‘यससम्बन्धी बिस्तृत सूचना चाँडै नै प्रकाशन हुनेछ, यो नियम भारतभरका लागि लागू हुनेछ ।’ भारतका एकजना प्रसिद्ध उद्योगी व्यवसायी सिरस मिस्ट्रीको मङ्गलबार कार दुर्घटनामा परेर निधन भएको थियो ।

भारतको मुम्बइमा उनको निधन भएको एक दिनपछि भारतको केन्द्रीय सरकारले यो नियमको घोषणा गरेको हो । कार दुर्घटनाका क्रममा उनी आफ्नो कारको चालकसँगैको सिटमा बसेका थिए ।

तर उनले सिट बेल्ट भने बाँधेका थिएनन् । तर उनको पछि बसेका अरु व्यक्तिहरुले भने सिट बेल्ट बाँधेका थिए । यसका कारण उनीहरु सुरक्षित रहेका थिए । केन्द्रीय मन्त्री गड्करीले कारसम्बन्धी यो नियम भारतका सबै खालका कारहरुका लागि लागू हुने जानकारी पनि दिए ।