बेलायतकी महारानीको निधनमा नेपालमा तीन दिन शोक मनाइने



काठमाडौँ । बेलायती महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारले तीन दिन शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकको निर्णयमा भनिएको छ,’संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ दृतियको ९६ वर्षको उमेरमा २०७९ भदौ २३ गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना गर्दछ । यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ ।’ बेलायती महारानीको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।