बेलायतका राजा चार्ल्सले महारानीको अन्तिम संस्कारको पूर्वसन्ध्यामा दिएको सन्देशमा विश्वभरिबाट प्राप्त भएको समर्थनबाट आफूलाई गहिरोसँग छोएको बताएका छन् । उनले आफू र क्वीन कन्सोर्ट कमिलाका लागि सबैजनाले आ–आफ्नो स्थानबाट असीमित समवेदन प्रकट गर्ने कष्ट गरेकोमा आफू धन्य भएको पनि बताएका हुन् ।
लिखित सन्देश राजाले भनेका छन्, ‘पछिल्ला दश दिनमा म र मेरी श्रीमतीले यो देश र विश्वभरिबाट प्राप्त गरेका धेरै समवेदना र समर्थनका सन्देशहरूले हामीलाई गहिरो रूपमा छोएको छ। लन्डन, एडिनबरा, हिल्सब्रो र कार्डिफमा जसले मेरी प्यारी आमा स्वर्गीय महारानीको जीवनभरिको सेवाका लागि आएर श्रद्धाञ्जली दिने कष्ट उठाए त्यसमा हामी सबैजनाले असीमित कुरा पायौँ।’
राजकीय अन्तिम संस्कार ब्रिटिश समय अनुसार सोमबार ११ बजे वेस्टमिन्स्टर एबीमा सुरु हुनेछ । समारोहमा विश्वभरिका करिब दुई हजार जनाको उपस्थिति हुने अपेक्षा गरिएको छ । त्यसमध्ये पाँच सय जना जति विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री र विदेशी राजपरिवारका सदस्य सामेल हुन्छन् । त्यहाँ राजाले सबैभन्दा लामो शासन गर्ने महारानीको शोकमा राष्ट्रको नेतृत्व गर्नेछन् ।
उनको अन्तिम संस्कारको पूर्वसन्ध्यामा बकिङ्गम दरबारले महारानीको हालसम्म नदेखिएको तस्बिर पनि जारी गरेको छ । गत मे महिनामा महारानीको हिरक महोत्सव समारोहअघि रनाल्ड मकेक्नीले लिएको तस्बिरमा महारानी उनको विन्डसर कासलस्थित निवासमा प्रफुल्ल मुद्रामा देखिएकी छन् । उनले नीलो पोसाक लगाएकी छन् ।
महारानीले आफूलाई मनपर्ने मोतीको हार, मोतीको झुम्का र उनका पिताले उनलाई दिएका गहनाहरू लगाएकी छन् राजा चार्ल्सले आइतवार साँझ बकिङ्गम दरबारमा अन्तिम संस्कारमा भाग लिन आएका राष्ट्रप्रमुखका लागि एक समारोहको आयोजना गरे । यो साता हजारौँ मानिसहरू महारानीको सार्वजनिक श्रद्धाञ्जलीका लागि उनको शव हेर्न लामबद्ध भएका छन्। त्यो क्रम बेलायतको समयअनुसार सोमबार बिहान साढे ६ बजे सकिन्छ ।
अन्तिम संस्कारका बेला राजा चार्ल्स प्रिन्सेस रोयल, ड्यूक अफ योर्क र अर्ल अफ वेसेक्ससँगै पछाडि हिँड्नेछन्। उनीहरूको पछाडि महारानीका नातिहरू प्रिन्स अफ वेल्स, ड्यूक अफ सक्सेस र पिटर फिलिप हुनेछन् । प्रिन्स जोर्ज र प्रिन्सेस शार्लोट पनि रानीको अन्तिम संस्कारमा उपस्थित हुनेछन् र शवयात्रामा रानीको शववाहनको पछाडि हिँड्नेछन् ।
शववाहनलाई लन्डनको हाइड पार्क कर्नर एबीदेखि वेलिङ्टन आर्चसम्म पैदलै लगिनेछ । सैन्य कर्मचारी र प्रहरीले लाइन लागेर हिँडाएको लाममा हरेक एक मिनेटको फरकमा बिग बेनले घण्टी बजाउने छ किनभने शवयात्रा राजधानीका सडकबाट बिस्तारै जानेछ।