बास्केटबल टोलीको बिदाइ



काठमाडाैँ । माल्दिभ्समा हुने महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

प्रतियोगिता यही असोज ८ देखि १४ गतेसम्म हुनेछ । सहभागी खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मीना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का रहेका छन् ।


प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा नीरञ्जन सत्याल छन् । रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । नेपाली टोली यही असोज ७ गते माल्दिभ्स जानेछन् ।