बालेनको आक्रोशः टुकुचालाई खोला नभन्ने अदालतले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अदालतको आदेशप्रति फेरि असन्तुष्टि जनाएका छन् । उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनाइएका संरचना भत्काउने विषयमा परेका मुद्दाको सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेपछि बालेनले अदालतप्रति असन्तुष्टि जनाएका हुन् ।

सामाजिक संजालमार्फत बालेनले भनेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’ यसअघि नर्भिक अस्पतालले बनाएको अवैध संरचना भत्काउन जाँदा अदालतले नभत्काउन आदेश दिएपछि बालेनले अदालतमाथि प्रश्न गरेका थिए । यस विषयमा उनीविरुद्ध अदालतको अवहेलना मुद्दा समेत परेको छ ।