पाकिस्तानका स्वास्थ्य सेवामन्त्री अब्दुल कादिर पटेलले विनाशकारी बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएपछि पाकिस्तानले बाढीजन्य रोगबाट बच्न विशेष कदम चालिरहेको बताएका छन् । उनले धेरै जिल्ला डुबानमा परेकाले समयमै र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था र बाढीपीडितको पूर्ण पुनः स्थापना वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
उनले बाढीपीडितको उद्धार, राहत र पुनस्र्थापना तथा बाढी प्रभावित क्षेत्रका पूर्वाधारमा सहयोग पु¥याउन सरकारले उपलब्ध सबै स्रोत साधनको उपयोग गर्ने बताए । बाढी प्रभावित क्षेत्रमा यसअघि नै विशेष स्वास्थ्य शिविर स्थापना गर्नुका साथै करिब ५० वटा थप स्वास्थ्य शिविर स्थापना गरिएको र सङ्क्रामक रोगबाट बच्नका लागि यो सङ्ख्या बढाउन लागिएको बताउँदै पटेलले स्वास्थ्य शिविर, औषधि, खोप, परामर्शलगायत सबै आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराइरहेको जानकारी दिए ।