बसुन्धरामा अवैध संरचना हटाउन महानगरले चलायो डोजर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ । यसैक्रममा बुधबार बिहानै महानगरको टोलीले काठमाडौंको बसुन्धारा क्षेत्रमा रहेका अनधिकृत संरचना डोजर लगाएर हटाएको हो ।

त्यस्तै सो क्षेत्रमा नक्सापास नगरी बनाइएका घर टहराका साथै सडक मिचेर बनाइएका कम्पाउण्ड पनि महानगरले भत्काएको छ । काठमाडौं महानगरपालिकाले सबै वडामा निर्माण गरिएका अवैध संरचना हटाइरहेको छ ।


महानगरपलिकाले नक्सा पास नगरी निर्माण गरिएका संरचना र नक्सामा उल्लेख गरिएको भन्दाविपरीत प्रयोग गरिएका संरचना हटाउन थालेको हो । त्यस्तै व्यापारिक भवनको बेसमेन्टमा पार्किङ उल्लेख गरेर नक्सा पास गरिए पार्किङ नराखिएका संरचना हटाउने अभियानलाई महानगरले जारी राखेको छ ।