फ्रान्सेली ऊर्जा कम्पनीद्धारा कतारको ग्यासमा ठूलो नयाँ लगानी



फ्रान्सको टोटलइनर्जीजले शनिबार कतारको प्राकृतिक ग्यास उत्पादन विस्तारमा ठूलो लगानी गर्नेगरी हस्ताक्षर गरेको छ । यो लगानी इन्धनमा रूसको विकल्पको रूपमा नयाँ ऊर्जा स्रोतहरूको लागि युरोपको खोजीको क्रममा आएको छ । कतारका ऊर्जामन्त्री साद शेरिदा अल–काबीले टोटल इनर्जीका प्रमुख कार्यकारी अधिकृत प्याट्रिक पोयानसँग सम्झौता भएको घोषणा गरेका हुन् ।

काबीले भने, “कूल ऊर्जामा ‘नर्थ फिल्ड साउथ’ परियोजनाको ९।३ प्रतिशत हुनेछ, जसको लागि २५ प्रतिशत विदेशी ऊर्जा फर्महरूको लागि आरक्षित गरिनेछ । कतारको सरकारी समाचार संस्था क्यूएनएले भनेको छ, “कतार इनर्जीले नर्थ फिल्ड साउथको विकासका लागि साझेदारको रूपमा टोटल इनर्जीको चयनको घोषणा गरेको छ ।“नयाँ साझेदारहरूको घोषणा पछिको चरणमा गरिनेछ ।” काबीले भने, “फ्रान्सेली विशाल उर्जा कम्पनीले नर्थ फिल्ड साउथबाट ग्यास निकाल्नका लागि लगानीमा पनि मद्दत गर्नेछ । फ्रान्सेली कम्पनीले कतारको ग्यास विस्तारमा ‘उन्नत रणनीतिक’ भूमिका निर्वाह गर्ने उनले बताए ।


गत जुनमा टोटल इनर्जीजले विशाल ‘नर्थ फिल्ड इस्ट’ परियोजनामा भाग लिन दुई अर्ब डलरको सम्झौता गरेको थियो । यसले कतारलाई सन् २०२७ सम्ममा ६० प्रतिशतभन्दा बढी प्राकृतिक ग्यासको उत्पादन बढाउन मद्दत गर्नेछ । युरोपेली राष्ट्रहरूले रूसी तेल र ग्यासको विकल्प खोज्न कोसिस गरिरहेका बेला नर्थ फिल्डको एलएनजी सन् २०२६ देखि काम गर्न थाल्ने अपेक्षा गरिएको छ ।

संयुक्त राज्य अमेरिका र अष्ट्रेलियासँगै कतार प्राृिकतिक ग्यास (एनएलजी) उत्पादकमध्ये उत्पादनका हिसाबले विश्वको शीर्ष स्थानमा रहेको मुलुक एक हो । सरकारी स्वामित्वको कतार इनर्जीका अनुसार नर्थ फिल्डले विश्वको ज्ञात प्राकृतिक ग्यास भण्डारको करिब १० प्रतिशत हिस्सा ओगटेको छ । यी भण्डारहरू समुद्रमुनि इरानी भूभागमा फैलिएका छन्, जहाँ तेहरानले आफ्नो दक्षिण पार्स ग्यास क्षेत्रको दोहन गर्ने प्रयासलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले बाधा पु¥याएको छ ।

दक्षिण कोरिया, जापान र चीन कतारको एलएनजीका लागि मुख्य बजार बनेका छन् तर गत वर्ष युरोपमा ऊर्जा संकट उत्पन्न भएपछि खाडी राष्ट्रले बेलायतलाई थप आपूर्तिका लागि सहयोग गरेको छ । साथै यसले जर्मनीसँग सहयोग सम्झौताको पनि घोषणा गरेको छ ।