फिलिपिन्समा एकैदिन कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु



फिलिपिन्समा बुधबार थप ३, ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल संख्या ३, ८८३, ९५७ पुगेको छ । यहाँको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २२, २५९ पुगेको छ ।

त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ५० जना बिरामीको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ६१, ८६४ पुगेको छ। करिब ११ करोड जनसङ्ख्या भएको फिलिपिन्समा ७ करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ।