प्रचण्ड र बाबुरामबीच गम्भीर वैचारिक–राजनीतिक छलफल !



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ माओवादी अध्यक्ष प्रचण्ड डा. भट्टराईलाई भेट्न उनकै निवास पुगेका हुन् । भेटका क्रममा गम्भीर वैचारिक–राजनीतिक छलफल भएको भट्टराईले जानकारी दिएका छन् ।


प्रचण्डसँगको भेटको फोटो राख्दै भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘ऐतिहासिक जनयुद्धका उपलब्धी संस्थागत हुनुसट्टा गुम्दै गैरहेको र प्रतिगामी शक्तिहरूले टाउको उठाउँदै गैरहेको सन्दर्भमा क.प्रचण्डसँग गम्भीर वैचारिक–राजनीतिक छलफल ! जनयुद्धको क्रान्तिकारी सारतत्वको सही संश्लेषण गर्दै एक्काइशौं शताब्दीमा समाजवादको नयाँ कार्यदिशा विकास गर्न सहकार्यमा जोड !’

पछिल्लो समय प्रचण्ड–बाबुरामको निकटता बढेको छ भने भट्टराईले आफ्नो पार्टी माओवादीको चुनाव चिह्नबाटै निर्वाचन लड्ने सहमति गरेका छन् ।