पाकिस्तानमा बाढीमा परी थप ३७ जनाको मृत्यु



राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउनेमध्येमा १६ बालबालिका र सात महिला रहेका छन् ।

यो वर्षको वर्खेझरीका कारण देशका विभिन्न स्थानमा बाढी आउँदा एक हजार पाँच सय ४५ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ५० जना घाइते भएका छन् ।


देशभर परेको भीषण वर्षा र त्यसपछिको बाढीले १९ लाख २० हजार घर ध्वस्त भएका तथा नौ लाख ३५ हजार सात सय ९५ चौपाया मरेका छन् । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।