नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची



काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।

नेमकिपा नेता प्रेम सुवालले सोमबार अपरान्ह आसन्न्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् ।


निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन असाेज २ र ३ गतेकाे समय दिएको छ । आज अन्तिम दिन भएकाले अन्य दलहरूले पनि बुझाउने तयारी गरिरहेका छन् ।