निर्वाचन आयोगमा राष्ट्रिय जनमोर्चाले बुझायो उम्मेदवारको बन्दसूची



काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा १६५ सिटका लागि निर्वाचन हुनेछ भने समानुपातिक तर्फ ११० सिट रहेको छ । राष्ट्रिय जनमोर्चाले ११० सिटमै उम्मेदवारको नाम पठाएको छ ।


निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन असाेज २ र ३ गतेकाे समय दिएको छ । आज अन्तिम दिन भएकाले अन्य दलहरूले पनि बुझाउने तयारी गरिरहेका छन् ।